दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणको काम सम्पन्न भएको छ । साइस्मिक सर्भेको काम सकिएसँगै अन्वेषण अन्र्तगत पहिलो चरणको काम सम्पन्न भएको हो । यहाँका नाभिस्थान, शिरिस्थान, पादुका लगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणको काम आज देखी सकिएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताएका छन ।

गत कात्तिकदेखि सुरु गरिएको अन्वेषण अन्र्तगत जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको छ । अन्वेषण अन्र्तगत सवै भन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम आज सम्पन्न भएको हो ।

उहाँका अनुसार चिनियाँ प्राविधिक टोली अव चीन फर्कने छ । यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइ सम्म मुख्य ड्रिलिङको काम गर्ने डा. त्रिपाठीले बताएका छन । ड्रिलिङको काम आगामी वर्षको भदौ–असोजवाट सुरु हुने छ ।

चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको थियो । यो टोलि चाईना पुगेर कुन ठाउँमा ड्रिलिङ गर्ने भनेर म्यापिङ गर्ने र फेरी अर्काे चिनियाँ टोलि ड्रिलिङका लागी आगामी वर्ष वर्षात्को समय पछि नेपाल आउने छ ।

उहाँका अनुसार नेपाली टोलिले पनि यो विचमा विभिन्न तयारीहरु गर्ने छ । नेपाली टोलिले विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने र चाईनावाट नेपाल आउने टोलिलाई सघाउने छ ।

नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *