दैनिक तीन उडानमार्फत् विदेशबाट नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद् निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय सरकारले गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानबाट विदेशमा समस्यामा परेका नेपाली ल्याउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएकाछन्।

विदेशबाट आएका यात्रुले पिसिआर रिर्पोट ल्याएपनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए। पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गर्ने भएको छ। होटलमा बसेका व्यक्तिले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने पनि उनको भनाइ थियो।

गत सोमबार कोभिड १९ संकट व्यवस्थापन परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार कार्य रोक्न भनेको थियो।

यस्तै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी, समुदायिक र निजी अस्पतालले आफ्नो क्षमता अनुसार आईसोलेसन बढाउने निष्कर्ष समेत निकालेको छ। काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्न थालेपछि आईसोलेन बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकमा कोरोनाकै विषयमा केन्द्रित भई छलफल भएको ती मन्त्रीले जानकारी दिए। कोरोना संक्रमितको संख्या ठूलो संख्यामा बढ्नुका साथै मृत्यु हुने दर बढ्न थालेपछि सरकारले गम्भीर सम‍ीक्षा गरेको हो।
‘उपत्यका सोचे भन्दा धेरै कोरोना संक्रमितको संख्या बढ्ने देखियो सबै अस्पताललाई आफ्ना क्षमता जति छ त्यति आईसोलेसन बढाउनु पर्ने छ,’ ती मन्त्रीले भने, ‘संकटको घडीमा सबै अस्पतालले आफ्नो क्षमताले भ्याएको सहयोग गरेर योग्दान गर्ने बेला आयो।’

यस्तै नेपाल भारत सीमाका १० नाकाबाट स्वदेश फर्किएका व्यक्तिले पिसिआएर रिर्पोट ल्याएपनि आफ्नै खर्चमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ। कोरोना संक्रमणबाट आफै सजक हुनु पर्ने भएको र अरुलाई संक्रमण नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको ती मन्त्रीको भनाइ छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *