दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोरोना भाइरसको त्रासका कारण कालोबजारी बढेको निस्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि निर्णय गरेको छ । बैठकमा मन्त्री थापाले सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन निर्देशन दिएका छन ।

मन्त्री थापाले कोरोनाको प्रभाव न्यूनिकरणका लागि पूर्वतयारीमा जुटन पनि भनेका छन । बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतको उपस्थिती थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *