देश समृद्ध हुन हरेक समुदाय, वर्ग, लिंग समृद्ध हुनुपर्ने : उपराष्ट्रपति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले देश समृद्ध हुन हरेक समुदाय, वर्ग, लिंग समृद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

सोमबार काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय मगर सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक समृद्ध बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । समृद्धि सरकारको एक्लो प्रयासबाट मात्रै पनि सम्भव नरहेको भन्दै उहाले यसका लागि सबै समुदाय, वर्ग, क्षेत्र लाग्नु पर्ने जिकिर गर्नुभयो । उपराष्ट्रपति पुनले मुलुकमा विभिन्न समुदायले पहिचानका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै संविधानमा कतिपय सवालहरु सम्बोधन हुन नसकेको ती समय सन्दर्भमा सम्बोधन हुने धारणा राख्नुभयो ।

अहिलेको मूल प्राथमिकता भनेको प्राप्त अधिकारहरुलाई स्थापित गर्दै अधिकार र आवाजहरुलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धि प्राप्त गर्नु रहेको उहाले बताउनुभयो । नेपालको इतिहासमा वीरताको भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले उक्त इतिहास बनाउन मगर समुदायको पनि उच्च योगदान गरेका भन्दै प्रसंसा गर्नुभयो ।

त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले भौगोलिक विविधताले बनेको नेपालमा मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभुषालगायत मगर समुदायको पहिचान महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

सम्मेलनमा भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत लगाएत २७ देशका करिब पाँच सयजना प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्ने जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *