देश भरी १३ स्थानमा सुरुङमार्ग बनाउने तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नागढुंगा–सिस्नेखोला सुरुङग मार्ग नेपाल कै पहिलो सुरुङग मार्ग भएको छ । यो सुरुङमार्गको सोमवार शिलन्यास भएको छ । योसंगै देश भरी १३ स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहेको छ ।

नेपालको पहाडि र हिमाल भुगोलका कारण धेरै घुमउरा सडक बनेको छ । देशको यस्तो भुगोल भएपछि सडकमार्गमा सुरुङमार्ग भने प्रयोग गरीएको थिएन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास भएसंगै यो सडकमार्गमा प्रयोग हुने पहिलो सुरुङमार्ग भएको छ । वातावरणीय संरक्षण र दीर्घकालिन विकासका लागि घुमाउरा सडक भन्दा सुरुङमार्ग उत्तम हुने विज्ञहरूले जोड दिँदै आएका छन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्गले अन्य ठाउँमा पनि सुरुङ निर्माणमा गति प्राप्त गर्ने र देशभर अन्य एक दर्जन सुरुङमार्गको पनि अध्ययन थालनी भइसकेको सडक विभागको भनाई छ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा सडकहरु धेरै लामा भएका छन् । यी लामा सडकलाई छोटो बनाउनुपर्ने आवश्यकता छ । घुमाउरा सडक लामा मात्र होइन दुर्घटनाका पनि कारक बन्दै आएका छन् । त्यतीमात्र होइन घुमाउरा सडक वातावरणीय दृष्टीले पनि उपयुक्त नभएको विज्ञहरुको भनाई छ । तर नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणसंग दक्ष जनशक्ति उत्पादन हुने तथा निर्माण व्यवसायीले समेत अनुभव गर्ने भएकाले अन्य सुरुङमागको अवधारणा अगाडि सारिएको हो ।

अब काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग, सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा सुरुङमार्ग, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्ड लगायतका स्थानमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *