•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशैभरि रसायनिक मलको हाहाकार रहेको बेला बीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा ९५ हजार बोरा मल गलि सकेको अवस्था थन्किएको छ । सुख्खा बन्दरगाहको दुई वटै यार्ड गली सकेको डिएपी मलले भरिएको छ ।

डेढ महिना अगाडी आएको एक रैक अथार्त ५० हजार बोरा भिजेकै मल आयो र अहिले दोश्रो रैकमा पनि ४५ हजार बोरा गलेको डिएपी मल आएको हो । चिनबाट समुद्री मार्ग हुदै कोलकता बन्दरगाह आउदै गर्दा समुद्री तुफान आएको र सोही तुफानले मल भिजेर गली सकेको भएतापनि कोलकता बन्दरगाहबाट दुई रैक गली सकेको डिएपी मल र्सिर्सिया बन्दरगाहमा ल्याइएको छ । साल्ट टे«डिङ्ग कार्पोरेशन लिमिटेडले खरिद गरेको डिएपी मलको दोश्रो रैक आइतवार आइपुगेको हो ।

डेढ महिना अगाडी आएको ५० हजार बोरा गली सकेको डिएपी मल सुख्खा बन्दरगाह भंसारबाट जांचपास नभई यार्ड मै थन्किएको छ । बन्दगाहमा पुगेको मल गलेको कारण सुख्खा बन्दरगाह भंसार कार्यालयले भंसार जांच पास गरेको छैन । १ महिना पछि गहु र दलहन बालीको लागि डिएपीको आवश्यक्ता पर्छ , र त्यती बेला सम्म अर्को राम्रो मल आइनपुगने भएकोलेपनि यस वर्ष गहु छर्दा किसानलाई मलको अभाव हुने निश्चित छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *