देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देशको विभिन्न स्थानमा गए रातिदेखि नै बर्षा भइरहेको छ । मौसममा आएको बदलावसँगै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौ, चितवन, पोखरामा पानी परेको हो ।

त्यस्तै प्रदेश–५, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मध्यम खालको पानी परेको महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् । प्रदेश १ र २ का केही ठाउँमा भने गए राति ठूलो पानी परेको छ । अहिले भने मध्यम वर्षा भैरहेको छ ।झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दालगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । बङ्गालको खाडीबाट बनेको मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले पानी परेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम सामान्यतया बद्ली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिम बाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *