देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

सोमबार औषधि खान छुटेकालाई मंगलवार खुवाइने समेत स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जानकारी दिएको छ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।

पहिलो चरणमा बालबालिकालाई कात्तिक २ र ३ गते औषधि खुवाइएको थियो । सोही अनुसार दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *