देशभर बाढीको बबन्डर,कहा कतीभयो क्षती हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण भौतिक तथा मानवीय क्षतिसमेत भएको छ । उद्दारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी तीनवटै सुरक्षा निकाय खटिएका छन् ।

मस््र्याङ्दी नदीमा आएको बाढीका कारण मनाङका ४८ घर डुबानमा परेका छन् । नासों गाउँपालिका–१ तालगाउँका ४८ घर डुबानमा परेका हुन । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीले सदरमुकाम चामेको हुलाक कार्यालयसहित ५ घर घट्टेखोलाको बाढीले बगाएको छ । ५ घर डुबानमा परेका छन् । चामे–१ तिमाङ खोलाको बेलिब्रिज पनि बगेको छ । ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् आयोजना पनि बाढीले बगाएको छ ।

डोटीमा पहिरोमा बगाएर एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन । मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् ।

म्याग्दीमा पनि ४० घरपरिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरियामा पहिरोले ९ घरमा क्षति पु¥याएको छ । बेनी नगरपालिका–४ का १३ परिवार पनि विस्थापित भएका छन् । पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले पुरिएर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको छ ।

बाढीका कारण पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन । गैंडाकोट–२ का ३५ घर र कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल गरी ४० घर डुबानमा परेका हुन् ।

पहिरोका पर्वतको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । सेतीबेणी बजारका केही घरहरु बाढीका कारण डुबानमा परेका छन् ।उता दाङस्थित राप्ती नदिको टापुमा १९ घण्टादेखि फसेका चार जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । अबिरल बर्षासँगै बाढी आएपछि करिब ५० वटा गाईबस्तु सँगै उनीहरु अलपत्र परेका थिए ।

बागल्ङमा राजमार्ग र पक्की पुल बाढीले बगाएको छ । बागलुङ नगरपालिका–१ मा रहेको कोेठेखोला पुल बाढीले बगाएको छ । बागलुङ नगरपालिकाको बलेवाक्षेत्र जाने सडकमा यातायात अवरुद्ध भएको छ । बाढीले औद्योगिक क्षेत्र कालीगण्डकीको कटान सुरु गरेको छ । बाढी पहिरोका कारण बस्ती जोखिममा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

रुपन्देहीका विभिन्न बस्तीहरुमा पनि बाढी पसेको छ । तिनाउ नदी किनारका मर्चवार, देवदह, तिलोत्तममा बाढी पसेको हो । बाढीले कास्कीमा बन्दै गरेको सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको छ । २ वटा स्काभेटर, एक वटा ट्रिपर, हाइड्रोका अन्य सामनहरु बाढीले बगाएको छ ।

कास्कीमा७ घर परिवार विस्थापित भएका छन । कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् भने २४ जना बिस्थापित भएका छन ।

डडेल्धुरामा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक क्षेत्र घटालथानडुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो । बाजुरा र अछाम हुदै बग्ने बुढीगंगा नदिमा आएको बाढीले आसपासका बस्तीमा जोखिम बढेको छ । बाजुराको त्रिबेणीमा पहिरोका कारण नदी थुनीने डरले स्थानीयहरु रातभर जाग्राम बस्ने गरेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *