देशभर जुवाडे पक्राउपर्ने क्रम बड्दो, गुल्मीमा १७ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गुल्मी, कात्तिक ११ , गुल्मीमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरिले गए राति १७ जना जुवाडेहहरुलाई प्रक्राउ गरेको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ अन्र्तगत गलाम भन्ने ठाउँमा स्थानीय लिलासिङ अधिकारीको घरवाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुसँगवाट प्रहरिले २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ नगद समेत बरामद गरेकोे जिल्ला प्रहरि कार्यालय गुल्मीका प्रहरि नायव उपरिक्षक मिन बहादुर घलेले बताउनु भएको छ ।

उक्त घरमा जुवा खेलीरहेको भन्ने खवर पाएपछि विषेश सुराकीको आधारमा प्रहरिले जुवाको खालवाट उक्त रकम सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । यसरी पक्राउ पर्नेहरुमा गुल्मी दरबार गाउँपालिका ७ गलामका कृष्णबहादुर खनाल सोही ठाउँका सुजन अधिकारी, लिलासिंङ अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यम बहादुर कार्कि, सुमन टण्डन, हरि खत्री, पुर्ण बहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, बिक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका १२ का सन्तोष टण्डन र अनिल बनेत लगायतका व्यक्तिहरु रहेको प्रहरिले जनाएको छ ।

पक्राउ परेका अधिकांस युवाहरु रहेका छन् । उनीहरुलाई प्रचलित कानुन अनुसार कार्वाही गरिने प्रहरि नायव उपरिक्षक घलेले बताउनु भयो । त्यसैगरि जिल्ला प्रहरि कार्यालय गुल्मीले गएराति तम्घास बजारमा पडक पड्काउदै हिड्ने ७ जना व्यक्तिहरुलाई समेत पक्राउ गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *