देशको भौगालिक क्षेत्र मिचिनु संवेदनशील विषय भीम रावल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेकपाका नेता भीम रावलले आफ्नो देशको भौगोलिक क्षेत्र मिचिएको कुरा संवेदनशील विषय भएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको भारतद्धारा जारी नयाँ नक्सा र नेपालको राष्ट्रियताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि राज्यको पहिलो कर्तव्य आफ्नो देशको सीमा, भौगोलिक क्षेत्रको अखण्डता र जनताको सुरक्षा गर्नुभएको र नेपालको संविधानमा पनि स्पष्ट रुपमा उक्त विषय उल्लेख भएको बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिले नेपालको कुनै भुभाग सैन्य शक्ति वा सुरक्षाकर्मी वा कसैले दिएको छ भने त्यसबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले १८१६ को सुगौली सन्धीमा महाकाली नदी नै नेपाल भारतको सीमा भएको र उक्त नदीलाई मिचिने छैन भनेर स्पष्ट रुपमा उल्लेख गरिएकाले भारतले नेपालको सीमा मिच्न नहुने बताउनुभयो ।उहाँले कालापानी सीमा विवाद समग्र नेपालीको राष्ट्रियताको विषय भएकाले त्यसलाई एकले अर्कालाई आलोचना गर्ने र घोचपेच गर्ने विषय नभएकाले सत्तापक्ष र प्रतिपक्ष भन्ने बताउनुभयो । उहाँले मुुलुकको सुरक्षा, परराष्ट्र, भौगोलिक अखण्डा, लगायत राष्ट्रिय मुद्धामा एक जुट हुनका लागि राष्ट्रिय एकताको राजनीति संस्कृतिको विकास गर्न आग्रह समेत गर्नुभयो । अहिलेको सरकार आफै बलियोर स्थितर भएकाले सरकाराई पनि सबैको सहमती भएकाले सरकारले दह्रो खुट्टा बनाएर उच्च राजनीतिक र कुटनीतिक तहमा वार्ता गरेर समस्या समाधान गर्न जरुरी रहेको नेता लेखकले बताउनुभयो ।

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले विगतमा भएका सुगौली सन्धी र विभिन्न सम्झौताहरुलाई भारतले इमान्दारिता पूर्वक लागू गर्नुपर्ने बताउनुभयो । उहाँले दशगजा लगायत क्षेत्रमा दुवै देशको उपस्थितमा सिमा समस्या समाधान गर्नुपर्ने भन्दै नेपालका भुभागमा बनाइएका संरचनाहरु हटाउनुपर्ने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *