देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमाq

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ । आयोजना प्रमुखका अनुसार आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । “नुवाकोटको विदुर नगरपालिका ६ र १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “सोलार प्यानल जडान गर्न पाइल (प्यानल अड्याउने पिल्लर) गाड्ने काम धमाधम भइरहेको छ ।”

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *