देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मंगलबार देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकिहुन । उनका अनुसार दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्नेछ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको उनले बताइन । तर नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उनको भनाइ छ । यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *