देउवाविरुद्ध पौडेल समूहको विरोधपत्र दर्ता कार्यक्रम स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको विरोधपत्र दर्ता कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै दर्ता गर्ने भनिएको विरोधपत्र दर्ता कार्यक्रम सोमबारसम्मका लागि स्थगित गरिएको हो ।पौडेल समूहका केन्द्रीय सदस्य नवीनद्रराज जोशीले आइतबारका लागि तय भएको विरोधपत्र दर्ता कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको जानकारी दिए । उनले सोमबार दिउँसो १ बजेपछि विरोध पत्र दर्ता गरिने पनि बताए ।

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले आइतबार विरोधपत्र दर्ता गर्ने तयारी गरेको थियो ।

पौडेल समूहको शनिबार बसुन्धरामा सम्पन्न गुटको भेलाले सभापति देउवलाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *