देउवाको सीमा विवादबारेबारे सतही टिप्पणी, प्रमाणीत गरेर देखाउन चुनौती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । भारतले नेपालको लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएको विरोध अझै सेलाएको छैन् ।

मिचिएको भू–भाग कूटनीतिक पहल मार्फत फिर्ता ल्याउनुपर्नेमा राष्ट्रिय सहमति पनि भएको छ ।

कुटनीतिक पहल सुरु भैसकेको सरकारको भनाइ छ । तर पछिल्लो समय राजनीतिक दलहरुले सीमा विवाद जस्तो संवेदनशील विषयलाई एक–अर्काको आलोचना गर्दै हल्का रुपमा प्रस्तुत गर्न थालेका छन् ।

सिमाना मिचिएको विषयले मुलुकको राजनीति ताती रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरे ।

बैठकबाट कुटनीतिक पहलमार्फत भारतले मिचेका नेपाली जमिन फिर्ता ल्याउन दलहरुबीच राष्ट्रिय सहमति बन्यो ।

दलहरु बीचको सहमतिले नेपालीहरुमा भारतले मिचेको भूभाग फिर्ता हुने आशा पलाएको थियो ।

तर दलहरुको पछिल्ला व्यवहारले उनीहरुको आशामाथि निराशा उत्पन्न हुने संकेत देखिएको छ ।

सीमा विवादजस्तो गम्भीर विषयलाई दलका नेताहरुले चुनावी आरोप प्रत्यारोपको विषय बनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वसभापति शेरवहादुर देउवाले शनिवार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीसंग सल्लाह गरेरै भारतले कालापानी र लिपुलेक आफ्नो नयाँ नक्शामा समेटेको जिकिर गरे ।

सर्वदलीय बैठकमा सहभागी भएका देउवाले कुटनीतिक पहल गरेर मिचिएका भू–भाग फिर्ता ल्याउनुपर्नेमा जोड दिएका थिए ।

यदि प्रधानमन्त्रीकै सहमतिमा भारतले पछिल्लो नक्सा बाहिर ल्याएको भए देउवाले सर्वदलीय बैठकमा किन यस विषयमा कुरा उठाएनन्

सीमा विवादलाई देउवाले चुनावी खपतको रुपमा मात्र उपयोग गरेका हुन या उनीसँग तथ्यगत प्रमाण पनि छ भन्दै चौतर्फी टिकाटिप्पणी भइरहेको छ ।

सामाजिक सञ्चालमा मात्र नभइ स्वयम् कांग्रेसभित्र पनि देउवाको अभिव्यक्तिको आलोचना हुन थालेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय विषयमा देउवाले दिएको अभिव्यक्ति घातक र अक्षम्य भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चुनावी हार जितसंग सिमा विवाद जस्तो राष्ट्रिय विषय जोड्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्ष दलका सभापति देउवाको सीमा विवादबारेको सतही टिप्पणीले राष्ट्रियताप्रतिको जागरण बढायो कि नेताहरुको बोली प्रतिको विश्वास घटायो भन्ने विषयमा बहस सुरु भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *