दुर्घटनाका गम्भीर घाइते भएकाको हेलिकोप्टरमार्फत उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभा स् संखुवासभाको मकालु गाउँपालिका ३ मा टिपर दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर रौता ५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जानकारी दिएको छ।

किमाथांका जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएका थिए । घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी चौकी हेदाङनाका प्रहरी नायब निरीक्षक महितकुमार यादवले जानकारी दिएका छन् । बिहीबार बिहान ८ बजे किमाथांका-जोगवनी सडकखण्डको स्तरउन्तिको काम गरेको स्वामी नारायण आर्शीवाद कम्पनीको टिपर दुर्घटना भएको थियो।

घाइते चालकको टाउको, ढाड र खुट्टामा गम्भीर चोटलागेका छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *