दुर्गा पुजा कार्यक्रम आयोजना गर्न पाउनु पर्ने माग गर्दै कपिलवस्तुमा प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तुको आयोजनामा दुर्गा पुजा कार्यक्रम गर्न पाउनु पर्ने माग गर्दै तौलिहवामा प्रदर्शन गरिएको छ । कोभिड १९ को संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला भरी दुर्गा मुर्ति स्थापना, पूजा र विसर्जन कार्यमा पूर्ण रुपमा रोग लगाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

जिल्लाको कृष्णनगर, चन्द्रौटा, महाराजगंज, पकडी, तौलिहवा लगायतका स्थानका हिन्दुवादी युवाहरुले तौलिहवा बजार परिक्रमा गरी नव दुर्गाको अवसरमा आयोजना गरिने दुर्गा पुजा कार्यक्रम गर्न पाउनु पर्ने माग गरेका छन् ।

स्थानीय प्रशासनले दुर्गा पुजा कार्यक्रम आयोजना गर्न रोक लगाए पनि आफुहरुले आफ्नो धार्मिक परम्परा कायम राख्न स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर पुजा कार्यक्रम सम्पन्न गर्ने प्रदर्शनकारी युवाहरुले बताएका छन् ।

स्थानीय प्रशासनले दुर्गा पुजा आयोजना कार्यक्रमलाई रोक लगाए संगै जिल्लामा माटोका दुर्गा भवानीको मूर्ति बनाएका मुर्तिकारहरुको लाखौं रुपैयाको मेहनत र लगानी संकटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *