दुबईमा गज्जबको उड्ने बाइक,उडाउन लाइसेन्स पनी नचाइने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुबईमा उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । यसका लागि लाइसेन्सको समेत आवश्यक नपर्ने बताईएको छ ।

तर यो सुविधा तत्काललाई दुबई प्रहरीलाई मात्र प्रदान गरिएको एजेन्सीहरुले लेखेका छन। प्रहरीले निकट भविष्यमा यो बाईक शहरमा उड्ने मोटरसाइकलबाट गस्ती गर्ने लक्ष्य लिएको छ।

क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले यो उड्ने उडने बाईक निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण समेत भइसकेको दुवई प्रहरीले जनाएको छ ।

यसअघि सन् २०१७ मा पनि दुबईमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।
एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले प्रष्ट पारेको छ । एजेन्सी

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *