दुधमा प्रति लिटर २ रुपैया अनुदान बितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शितगंगा नगरपालिका वाड नं १२ का किसानहरु लाई उत्पादनका आधारमा अनुदान बितरण गरिएको छ ।

वडामा रहेका बिभिन्न किसानहरुले बर्ष भरिमा उत्पादन गरि बिक्री गरेको दुधको आधारमा प्रतिलिटर २ रुपिया अनुदान बितरण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो ।

वडामा उत्पादन भएको दुध यस अघि बिक्रीमा समेत समस्या रहेकोमा अहिले सहकारी मार्फत गाँउ बाटै खरिद गर्न थाले पछि गाई तथा भौसी पाल्ने कृषक समेत बढेको वडा अध्यक्ष गैरेले बताउनु भयो ।

वडाबाट यो बर्ष सहकारी मार्फत ३८ हजार १ सय ८५ लिटर दुध बिक्री भएको छ । जसको आधारमा किसानहरुलाई प्रत्यक्ष रुपमा प्रतिलिटर रु २ का दरले ७६ हजार ३ सय ७० रुपियाअनुदान प्रदान गरिएको हो ।

वडामा रहेका २५ जना किसानले अनुदान प्राप्त गरेका छन । बिक्री गरेको पैसा बाहेक यसरी स्थानिय तहले प्रदान गरेको सहयोगले थप हौसला प्रदान भएको अनुदान प्राप्त गर्ने नुमकला पोख्रेलले बताउनु भयो ।

यस्तै वडा नम्बर १२ले वडामा रहेका ९ जना स्वास्थ स्वयमसेबिकाहरु लाई दराज , छाता तथा झोला बितरण गरेको छ । जनाको स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेबिकाहरु लाई प्रोत्साहन गर्न सामाग्री बितरण गरिएको हो ।

कोरोनाको महामारीको समयमा तथा बिभिन्न खोप सञ्चालन र डाटा सकंलनमा समेत स्वयमसेबिकाहरु बिभिन्न स्थानमा खटिरहेका छन । वडा का बिभिन्न कार्यक्रम तथा गतिबिधीका निस्वार्थ रुपमा खटने स्वयमसेबिकाको लागि वडाले सामाग्री बितरण गरेको हो । यस्तै वडामा रहेका स्वयमसेविकाहरुले बन्दको समयमा डाटा बुझाउन लामो यात्रा पैदल हिड्नु परेकोले वडामै बुझाउने ब्यवस्था मिलाउन नगर प्रमुख सुर्य प्रसाद अधिकारी सँग अनुरोध गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *