दुई विमान एक आपसमा ठोक्किए, १३ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मालीमा दुईवटा लडाकू विमान ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । मालीमा जिहादीविरुद्धको अपरेसनका क्रममा दुईवटा विमान आपसमा ठोक्किएको फ्रान्सको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

सोमबार भएको यो दुर्घटना एक दशक यताकै सबैभन्दा बढी फ्रान्सेली सैनिकको मृत्यु भएको दुखद घटना भएको बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले उक्त घटनाप्रति दुख व्यक्त गरेका छन् । यस विषयमा थप अनुसन्धान गर्नसमेत निर्देशन दिएका छन् । उनले ट्विटमार्फत भनेका छन्, ती १३ जना नायकको एउटै उद्देश्य थियो, हामिलाई बचाउने । म उहाँहरुको निधनबाट निकै दुखित छु । उहाँका आफन्त र सहकर्मीप्रति समवेदना प्रकट गर्दछु ।

घड वर्षअघि बेरुतमा भएको विमान दुर्घटनामा ५८ जना फ्रान्सेली सैनिकले ज्यान गुमाएका थिए ।

इस्लामिक मिलिसियाले उत्तरी क्षेत्रको ठूलो भाग कब्जा गरेपछि सन् २०१३ यता फ्रान्सले उक्त हजारौं सैनिक खटाएको थियो । बीबीसी

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *