दुई लाख रुपैयाँ घुससहित सुर्खेतबाट एक कर्मचारी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई लाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी पक्राउ परेका छन् ।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरिएको जानकारी दिएकाछन् । भेरीगंगाको बराहमा रहेको झोलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट केसीले घुस मागेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कर्णाली प्रदेशमा सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध उजुरी पर्ने स्थानीय तहमा पनि भेरीगंगा नगरपालिका पनी पर्नेगरेको छ ।

सूचना अधिकारी सापकोटाले बिहीबार मात्रै सेवाग्राहीको उजुरीका आधारमा कागजपत्र माग गर्दै नगरपालिकालाई पत्र लेखेको पनि जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *