दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले गर्यो सकुशल उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

बिहीबार राति प्रहरीले दुई वर्षीय बालक प्रियन्सु यादवलाई भारतबाट सकुशल उद्धार गरेको हो । सिरहा नगरपालिका १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २ वर्षिय छोरा इशान्त भन्ने प्रियान्सु यादव हुन । मंगलबार साँझ आफ्नै घरको आगनमा खेल्दै गरेको २ वर्षिय बालकलाई डुलाउने भनेर अपहरणकारीले अपहरण गरेको थियो । उनका बुवा प्रदीप वैदेशिक रोजगारीमा छन् ।

सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका अनुसार बालकलाई नेपाल–भारत सिमापारिबाट उद्धार गरिएको हो । बालकलाई नेपालबाट करिब सात किलोमिटर टाढा भारतको खारजेडी ठाउँमा राखिएको थियो ।

बालकलाई अपहरणमुक्त गरिए पनि अपहरणकारी भने समातिएका छैनन् । बालकलाई के कारण अपहरण गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *