दिल्ली लगायत पूरै उत्तर भारतमा शक्तिशाली भूकम्पको धक्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,दिल्ली लगायत पूरै उत्तर भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.३ रहेको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

शुक्रबार बेलुका ५ बजे आएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुशमा रहेको जनाइएको छ ।

कश्मीर, चंडीगढ लगायत पूरै उत्तर भारतमा यसको धक्का महसुस गरिएको छ ।पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

राजधानी इस्लामावाद लगायत कयौं शहरमा धक्का महसुस गरिएको छ ।भूकम्पले १० सेकेन्डसम्म जमीन हल्लिएको बताइएको छ । भूकम्पको क्षति बारे अहिलेसम्म केही जानकारी आएको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *