दाहाल भेलामा देखियो फरक फरक धार,पुप्पकमल अन्योलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वमाओवादी समूहमा अध्यक्ष दाहाललाई समर्थन गर्ने विषयमा फरक फरक धार देखिएको छ । पार्टीभित्रको विवादका विषयमा अध्यक्ष दाहालले पूर्व माओवादी निकट स्थायी समिति सदस्यहरुसँग छलफल गरेका थिए ।

बैठकमा स्थायी समिति सदस्यहरुले फरक फरक धारणा राखेका थिए । आफू निकट भनिएका स्थायी समिति सदस्य बीचमा नै एक मत नदेखिएपछि अध्यक्ष दाहाल थप अन्योलमा परेको बुझिएको छ । बैठकमा सहभागी एक स्थायी समिति सदस्यले पूर्व माओवादीहरू एकै ठाउँमा छ भन्ने देखाउने दाहालको प्रयास करिब करिब असफल भएको बताए । दाहालले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र जनार्दन शर्मा सहभागी नहुनुले पनि यसलाई थप पुष्टि गरेको छ ।

बैठकमा केही सदस्यहरुले प्रधानमन्त्रीसँग युद्धबिराम गरेर जानुपर्ने धारणा राखेका थिए । केहीले प्रधानमन्त्री केपी ओली र माधव नेपालसँग मुद्दाका आधारमा सहकार्य गर्नुपर्ने बताएका थिए । तर नारायणकाजी श्रेष्ठ निकट समूह भने बैठकमा ओली विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए । सो समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने बताएको थियो । यस्तो धारणा राख्नेमा नारायाणकाजी श्रेष्ठ, देव गुरुङ, मातृका यादव लगायतका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *