दाङमा सवारी दूर्घटनामा छोराको मृत्यु, बाबु आमा घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पश्चिम दाङमा मंगलबार बेलुका भएको सवारी दूर्घटनामा परि ८ बर्षे बालकको मृत्यु भएको छ । उनका आमा बुवा घाइते भएका छन् । दूर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको छ ।

उनका बुवा ३९ बर्षीय सुदीप आचार्य र आमा पार्वती आचार्य घाइते भएका छन् ।घाइतेको अवस्था सामान्ने रहेको र उनीहरुको उपचार तुलसीपुरमै भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।

आमा बुवाको बीचमा मोटरसाईकलमा सवार स्पर्षको दूर्घटना पछि टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलवार बेलुका मृत्यु भएको थियो ।

बबई गाउँपालिका वडा नं ६ पञ्चकुलेको वरालोमा सितापुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको र विपरित दिशावाट आउँदै गरेको भे १ ज १००२ नम्बरको जीपले ठक्कर दिदा उक्त दूर्घटना भएको हो ।दूर्घटनाको कारण तीब्र गतिलाई मानिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *