दाङमा मोटरसाइकल दुर्घटनामा २ युवाहरुको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ ।घोराही उपमहमानगरपालिका वडा नं ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबैले मादकपदार्थ सेवन गरेका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *