दाङमा डुबेर दुई किशोरीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङमा पौडीखेल्नेक्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। बिहीबार साँझ स्थानीय सिमलसोता खोलमा पौडी खेल्ने क्रममा पानीमा डुबेर लमही नगरपालिका–९ की १४ वर्षीया टीका घर्ती मगर र घोराही– १० नारायणपुरकी १५ वर्षीया निरू बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू कक्षा नौ का विद्यार्थी हुन्।

उनीहरुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरि लमही अस्पताल लगेका थिए।उपचारकै क्रममा उनीहरुको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *