दाङमा गोली चल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमिलीया तुलसीपुर सडक खण्डको भन्जयाङ जङलमा गोली चलेको छ ।
४ जनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी कार चालक ३० बर्षका मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको पिडितले जानकारी दिएका छन् ।

सो समहुले UP40AD0911नम्बरको कार चालक शाहमाथि गोली हानेको इलाका
प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।
हामी अहिले पनि घटना स्थलमा छौ,’ प्रहरी निरीक्षक घर्तीले भने–‘ एउटा खोका
र अर्को नपड्केको गोली भेटाएका छौ ।’ सो समुहले तुलसीपुर र घोराहीमा
पैसा उठाउने काम छ भन्दै ७ हजार ४ सय रुपैयाँमा गाडी भाडामा लिएका चालकमाथि नै गोली प्रहार गरेछ ।

भन्जयाङमा आइपुगेपछि सौंच गर्ने भन्दै रोकेर चालकलाई कुटपीट गर्दै
खौलामा लगेर गोली हानेपनि भागेर ज्यान बजाएको प्रहरीले बताएको छ ।
चालकलाई गोली लागेको छैन । घटनामा संलग्न रहेको आरोमा प्रहरीले
भारतको नाकपुर निबासी महमद जावेदलाई प्रहरीले नियन्त्रणम लिएको छ । पक्राउ
परेकाले भारतकै टाईगर भन्नेले गोली हानेको बताएका छन् ।

सो समुहले चालकसंग भएको १५ हजार, एक थान मोबाईल सेट, औठी लुटेर
लगेको प्रहरीले बताएको छ । धेरै पैसा भएर वा पुरानो रिसीइबीका कारण
मार्ने उद्देश्यले पनि गोली हानेको हुनसक्ने प्रहरीले बताएको छ । अन्य तीन
जना भने फरार रहेका छन् । त्यस मध्य एक जना नेपाली रहेको बुझीएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *