दाङखुट्टा छिनालिएको प्रकरण : अनुसन्धाकालागी ३३ युवा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ ।

उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो ।उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पुर्याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ ।सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *