दाङको तुलसीपुरबाट प्रहरीले ५ कीलो लागुऔषध अफिम सहित २ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दाङको तुलसीपुरबाट प्रहरीले ५ कीलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ । शुक्रवार साझँ करिब८ बजेतिर तुलसीपुर ६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ ५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका दाङमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरि कार्यालय तुलसीपुरका डिएसपि शिब बहादुर सिहंलेले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरु माथी लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *