दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट १० जना संक्रमितको निको भएर डिस्चार्ज भएकाछन्।

कोरोना बिशेष अस्पताल बेलझुण्डीका मेडिकल सुपरिटेण्डेन्ट डा। सर्वेश शर्माका अनुसार डिस्चार्ज हुनेहरुमा बाँकेका ५ जना, कपिलबस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जनाको डिस्चार्ज गरिएको हो ।

दाङका दुईमध्ये एकजना घोराही र गढवाका एकजना रहेका छन् ।ति मध्ये केहीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,भने केही भने लक्षण नै नभएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार उनीहरुलाई राखेको २२र२३ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो ।

बाँकेका २, दाङका एक,कपिलबस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएर डिस्चार्ज गरिएको हो । भने अन्य ५ जनाको लक्ष्ण नभएपछि डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज
गर्ने भनि उल्लेख छ । सोही अनुसार मन्त्रालयले गरेको परिपत्रका आधारमा उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु डिस्चार्ज भएसंगै बेलझुण्डीमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *