दाइको ससुराली गएका भाई मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दशैंको टिका थाप्न दाईको ससुराली गएका भाई मृत फेला परेको छन् । दाजु र भाउजुसँगै गएका उनको सब बागमती गाउपालिका ९ बेतीनिको सामुदायीक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायीक भवनको झ्यालमा हिर्काउदा सिसाले काटेर अधिक रगत जादा मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताए । घटनामा हेटौंडा ४ कर्राकय १९ बर्षिय राम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अधिक मादक पदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको उनले जानकारी दिए । परिवारका सदस्यहरुसँग बुझदा त्यस्तो कुनै खालको समस्या नरहेको बताएको प्रहरीले जनाएको छ । शबलाई हेटौंडा अस्पतालमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *