दस महिनामा ९ लाख ७५ हजार पर्यटक नेपाल भित्रिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दा पनि मुलुकमा पर्यटक भित्रने संख्या खासै वृद्धि भएको छैन। पछिल्लो दस महिनाको अवधिमा मुलुकमा ९ लाख ७५ हजार ५ सय पर्यटक भित्रिएका छन्। यो भारतबाहेकबाट आएका पर्यटकको संख्या हो।

अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकअनुसार सन् २०१९ को अक्टोबरसम्म भारतबाहेका मुलुकबाट उक्त पर्यटक भित्रिएका हुन्।

यो गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशत धेरै हो। सन् २०१८ को सोही अवधिमा यस्तो संख्या १९।३ प्रतिशतले बढेर ९ लाख ३ हजार ५ सय ९३ रहेको थियो।

चालु आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनामा ९जुलाइदेखि अक्टोवर०मा नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १।२ प्रतिशतले बढेर ३ लाख ८८ हजार ८८ पुगको मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या ३ लाख ८३ हजार ५ सय ७९ रहेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *