दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गरिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी- बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी- बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताइन । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन ।

संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन । एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने उनले बताइन ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *