दशैमा खसीबोका अभावहुने सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाउन पशुपन्छि जन्य वस्तुको आयातमा कडाई गरेपछि त्यसको पत्यक्ष प्रभाव स्थानिय मासु बजारमा परेको छ । यसपटकको दशैमा ४० हजार भन्दा बढि खसीबोकाको माग हुने देखिएको छ । तर खाद्य संस्थानले ३ हजारको हारहारीमा र व्यवसायीले २० हजारको हारहारीमा मात्र खासीबोका उपत्यकामा भित्राउने भएका छन् ।

दशैमा सवैभन्दा बढि माग मासुको हुने गर्दछ । यसैले गर्दा उपत्यका लगायत मुख्य शहरमा व्यवसायीका अतिरिक्त खाद्य संस्थानले समेत खसीबोका तथा च्याङग्रा विक्री गर्ने गरेको छ । काठ्माडौमा दैनिकी १२ सय खसिबोका खपत हुने गर्दछ र दशैको समयमा अझ माग बढी हुने गर्दछ । तर सरकारले यो पटक स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै खसीबोका आयतमा कडाई गरेपछि यो पटक दशैमा माग बमोजिम उपभोक्ताले मासु नपाउने संभावना बढेको छ । यसपटकको दसैंमा चालिस हजार हाराहारीमा खसी बोकाको माग भएपनि बिस हजारको हारहारीमा मात्र आयात गर्न सकिने काठमाडौं चौपाया खरिद बिक्री प्रालिले जनाएको छ ।

नेपाल खाद्य संस्थानले भने आन्तरिक उत्पादन बढी नभएको र अन्य देशबाट आयातमा पनि कमी आएका कारण यसपालि तिन हजार खसिबोका तथा च्याङग्रा मुस्ताङ, दाङ र हेटौडाबाट ल्याउने तयारी गरेको छ । तर यतिले दशैमा मासुको माग धान्न नसक्ने संस्थानले जनाएको छ ।

नेपाल खसीबोकाको लागि भारतसँग र च्याङ्ग्राको लागि चीनसंग परनिर्भर बन्दै आएको छ । तर सरकारले आन्तरिक उत्पादनलाई प्रोसाहन दिने भन्दै ल्याएको नीतिका कारण यो पटकको दशैमा उपभोक्ता भने मारमा पर्ने भएका छन् ।

यसपालि क्वारेन्टाइनमा आएको चेकजाँचका कारण आयातमा कमी आउने देखिएको छ । नेपाली व्यवसायीले दसैं बाहेकको समयमा भारतबाट एक सातामा साढे आठ करोड मूल्य बराबरको खसीबोका आयात गर्ने गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *