दशैकालागी मुस्ताङी भेडाच्याङग्रा आए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दशै नजिकिएसंगै हिमाली जिल्ला मुस्ताङबाट देशका विभिन्न जिल्लामा भेडाच्याङग्रा निकासीको लर्को लागको छ । दशैका लागि आएका भेडाच्याङ्ग्राको मुल्य यो बर्ष बढेर आएको सदरमुकाम बेनी लिएर आएका बागलुङका ब्यापारीले बताए ।
मुस्ताङबाट हिडाएर ल्याइएका भेडाच्याङग्राको लस्करले दशै नजिकिएको संकेत गरेको छ । हिमालपारी जिल्ला मुस्ताङबाट आउने भेडाच्याङग्रा म्याग्दी हुदैँ कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा पु¥याउन भेडाच्याङग्रा लिएर म्याग्दी आईपुगेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोम स्थित सेवा केन्द्रले हालसम्म ३० भन्दा हजार भन्दा बढी भेडाच्याङग्रा निकासी भएको जानकारी दिए ।
तर अहिल्य आएका भेडा २० देखि २५ हजार र च्याङ्ग्रालाई २४ हजार देखि ३१ हजारसम्म मूल्यमा विक्रि हुने बागलुङका भेडा ब्यपारीले बताए ।
जोमसोम देखि हिडाएर म्याग्दीको बेनी ल्याउदाँ भेडाच्याङ्ग्रा विच बाटोमा एकहप्ता लाग्ने हुदाँ विचबाटोमा खानाबस्न कर महँगो भएको कारण मूल्य बढेको ब्यापारी बताउछन् । उपल्लो मुस्ताङमा भेडालाई १९/२० हजार रुपैया र च्याङ्ग्रलाई २२ देखि २५ हजार रुपैया मूल्यमा किनेको र विभिन्न क्षेत्रमा खानाबस्न महंगोले मूल्य विगतभन्दा प्रतिगोटा ४/५ हजार मूल्य बढेको बताए ।
हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका र जडिवुटीयुक्त चरन क्षेत्रको घाँस खाएका भेडाच्याङग्राको मासु स्वादिलो तथा तागतिलो मानिन्छ । दशै तिहारको समयमा अन्य जातका खसी बोकाको तुलनामा महँगो पर्ने भएपनी भेडाच्याङग्राको मासुको माग बढी हुने गर्छ ।
निकासी भेडाच्याङग्रा मुस्ताङका कृषकले पालेको र बाँकी दश प्रतिशत डोल्पा, जुम्ला, मुग र केही मात्रामा तिब्बतबाट आयात गरिएका सेवा केन्द्र मुस्ताङले जानकारी दियो ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक रुपमा भेडाच्याङग्रा पालन गर्छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *