दशैंमा भक्तजनका लागि मन्दिर र शक्तिपीठ खुला नगर्न गृह मन्त्रालयको आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरूमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम अझ बढ्ने भएकाले भक्तालुहरूका लागि रोक लगाइएको बताए। तर, नित्य पूजाआजा भने नियमित रूपमा सञ्चालन गर्न सकिने उनले बताए।

मन्दिरमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने प्रवक्ता बुढाले बताए। बडादशैंको बेला विभिन्न शक्तिपीठहरूमा विशेष पूजाआजा गर्ने गरिन्छ भने धेरै संख्यामा भक्तालुहरू पुग्ने गर्छन्। त्यसैले मन्दिरहरूमा हुनसक्ने भीडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *