दशैंमा घुम्ने प्रचलन बढ्दै छ, यस्ताछन उत्कृष्ट गन्तब्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिले पहिले दशैं भन्नासाथ नयाँ कपडा लगाउने, आफन्तहरु जमघट हुने र मिठो परिकार खाने, पिङ, खेल्ने, चङ्गा उडाउने चाडका रुपमा बुझिन्थ्यो । जुगौंसम्म यसरी नै दशैं मनाउदै गर्दा यो परम्परा नै भयो । तर पछिल्लो समयउमा भने दशैं मनाउने यस्ता परम्परा तोड्दै घुमघाम गर्ने प्रचलन बढ्न थालेको छ ।

यो समय सबैजसो कार्यालय, संघसंस्था र कामकाजबाट लामो फुर्सद मिल्ने गर्दछ । लामो बिदा पाईने र एकैसाथ साथिभाई, आफन्तजनहरुको जमघट हुने भएकाले पनि दशैंको बेला समूहमा विभिन्न स्थानमा घुम्न जाने चलन बढ्दै गएको छ ।

घुम्नका लागि पोखरा, ईलाम, मुक्तिनाथ, कालिन्चोक, रारा, सौराह, शास्वतधाम सिजी, दामन, सुकुटे वीच, भोटेकोशी, चित्लाङ, कुलेखानी, चन्द्रगिरी लगायतका स्थानहरु रोजाईमा पर्ने गरेका छन् । दशैंका बेला यी स्थानहरुमा आन्तरीक पर्यटकको चहलपहल व्याप्त हुने गरेको छ । यसरी परिवार साथिसंगी समूहमा घुम्न जादाँ आत्मियता, सदभाव, समझदारी र सम्बन्धमा निकटता बढ्ने सर्वसाधारणहरुको बुझाई छ ।

पछिल्लो समय दशैंमा घुम्ने प्रचलन थप फराकिलो बन्दै गएको छ । सामूहिक घुमघामले आत्मियता र निकटता बढाएसंगै दशैंको रौनक पनि थप उमंग भर्ने गर्दछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *