दर्शनार्थीका लागि कालिन्चोक मन्दिर बन्द तर केबुलकार संचालनमा

भिडभाड बढ्ने भन्दै जिल्ला प्रशासनको निर्देशन सगै दोलखाको कालिन्चोक भगवती मन्दिर दर्शनका लागि बन्द गरिए पनि सोहि मन्दिर पुग्न सन्चालन गरिएको केबलकार भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै सन्चालन गरिएको पाइएको छ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले गृहको निर्देशन अनुसार जिल्लामा रहेको मठ मन्दिर तथा शक्तिपिठहरुमा नित्य पुजा बाहेकका पुजाहरु नगर्न निर्देशन गरे सगै मन्दिरहरु बन्द गरिए पनि केबलकार भने निरन्तर सन्चालन गरिएको स्थानीयहरुले बताएका छन।
बिहानै प्रहरीले पुजा सामान बेच्न बसेका स्थानीयहरुलाइ पसल बन्द गर्न लगाएपनी केबुलकार चाहिँ सन्चालन भइरहेको ब्यवसायिले बताउछन् ।
कालिन्चोक कुरि बजारबाट मन्दिर दर्शनका लागि केबलकार चडेर मन्दिर पुगेका आन्तरिक तथा बाह्या पर्यटकहरुले मन्दिरको गेट बन्द गरिएपछि फर्किएका छन। मन्दिर बन्द गर्ने प्रशासनले त्यहि मन्दिरको दर्शनका लागि सन्चालन गरिएको केबलकार सन्चालन भएपछि सामाजिक सन्जालम प्रशासनको चर्को आलोचना हुन थालेको छ। पटकपटक बिबादमा आइरहने केबुलकार सार्बजनिक जग्गा अतिक्रमण गरिएर निर्माण गरिएको हो।
केबुलकार घिर्लिङ जस्तो भएको र भाडा पनि महङ्गो भएको स्थानीयले बताएका छन।