दक्षिण कोरियाले अब कृषी क्षेत्रका लागि नेपाली कामदार नलैजाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं, दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य हो । वैदेशिक रोजगारीका लागि नेपाली युवा युवतीले सबैभन्दा सुरक्षित गन्तब्य मान्छन् । तर दक्षिण कोयरयाले नेपाली कामदारको कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो।

एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको छ । आगामी वर्ष कृषि क्षेत्रका लागि नेपाली कामदार नलैजाने पनि कोरियाले नेपाललाई जानकारी गराएको छ। तर यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउने बताइएको छ ।

गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो।

दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको पछि नेपाली श्रमिकका लागि मुख्य गन्तब्य बनेको हो ।

यसैबीच, दक्षिण कोरिया जाने श्रमिकका लागि पनि यो वर्षदेखि बायोमेट्रिक सुरु हुने भएको छ। अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण गरिनेछ। यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिने छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *