दक्षिण एसियाली खेलकुद (साग) अवधिमा काठमाडौ उपत्यकामा जोर विजोर प्रणाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो ।

मंसिर १५ र २४ गते जोर विजोर प्रणाली लागू गरेर उपत्याकामा ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको छ । मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्नेछन् । खासगरी यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुनेछ’ एसएसपी ढकालले भने । तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन् ।

सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *