थारु गीतमा पल शाह र वर्षा राउतको ठुम्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली सिने तथा संगीत नगरिमा सार्बजनिक हुने गीतको भिडियोमा खुबै लोकप्रियता कमाएका नायक नायिका पल शाह र बर्षा राउत अभिनित थारु गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक तथा संगीतकार नरेश जोगीले माघीको अवसर पारेर ‘पहाडी बठनिया’ बोलको थारु भाषाको गीत बजारमा ल्याएका हुन् ।

नरेशकै आफ्नै शब्द संगीत र स्वर रहेको गीतको भिडियोमा नायक पल र नायिका बर्षाले खुबै रमाएर अभिनय गरेका छन् । यसअघि पल र बर्षाले थारु भाषाको गीतमा कम्मर मर्कार्का थिएनन् । पहिलो पटक थारु गीतको भिडियोमा अभिनय गरेका यी जोडिलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

नरेशलाई गीतमा गायिका कामना प्रसाईले साथ दिएकी छन् ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *