थापा पुनः गृहमन्त्रीमा नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका छन् । थापाले आज नै राष्ट्रपति निवासमा पद तथा गोपनीयताको सपथ लिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाको सपथ साँझ पाँच बजे तय गरिएको छ । संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेका हुन् । नेकपा माओवादी केन्द्रले पद मुक्त गर्न मागसहित दर्ता गरेको पत्रका आधारमा राष्ट्रिय सभा सचिवालयले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारीसहितको सूचना आज निकालेको थियो ।

थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछि माओवादी र एमालेबीच एकता भएर बनेको नेकपालाई सर्वोच्चको आदेशले खारेज गरेपछि थापा पुरानो पार्टी माओवादीमा नफर्की एमालेमै बसेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *