थाइल्यान्डमा विमानले किच्दा इन्जिनीयरको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

थाइल्यान्डको राजधानी बैंककमा रहेको डोन म्वेआङ अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७३७ विमानले विमानस्थलका एक इन्जिनीयरलाई शुक्रवार बिहान किचेर मारेको छ ।

नोक एयर यात्रु लिनका लागि विमानस्थलको एक गेटमा जाँदै गर्दा बिहान ८ बजे ट्रकसँग विमान जोड्ने बार अचानक भाँचिएको थियो ।
त्यसो भएपछि ट्रक रोकिएको थियो तर त्यसको गतिले जेटलाई अगाडि बढाएको थियो । पछि विमान देब्रेतिर फर्किएर र सानो वाहन टो ट्रकमा ठोकिन पुगेको थियो ।

वाहनमा रहेका थानिसोर्न ओन्चा–आमलाई अस्पताल कुदाइएको थियो तर दुर्घटनामा निकै चोटपटक लागेपछि उनको मृत्यु भएको छ । टो ट्य्राक्टरमा रहेका अर्का मेकानिक दुर्घटनामा घाइते भएका छन् ।

विमानस्थल निर्देशक साम्फान खुथारानोनले भने, ‘ डोन म्वेआङबाट नाखोन सी थाम्मारात जाने नोक एयरको उडान नं डीडी६४५८ नोक एयरको टो ट्रकसँग् जुध्न पुगेको छ । गेटमा कुरिरहेका यात्रुलाई लिन उक्त विमानलाई ट्रकले तानेर लगिरहँदा दुर्घटना भएको थियो ।’अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *