थाइल्याण्डमा आपतकालीन अवस्था लागू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

थाइल्याण्डमा प्रदर्शन चर्किँदै गएपछि सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । शान्ति तथा कानूनी व्यवस्था लागु गर्नका लागि आपतकालीन अवस्था लागु गर्नु परेको सरकारी आदेशमा उल्लेख छ ।

राजधानी बैंककसहितका ठाउँमा सरकारविरोधी प्रदर्शन भइरहेको छ । बैंकमा शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भएको छ । यस्तै ठूलो भिड गर्न नपाइने पनि आदेशमा उल्लेख छ ।

बिहीबार बिहान प्रहरीले प्रदर्शनका प्रमुख तीन नेतासहित धेरै अधिकारकर्मीलाई पक्राउ गरेको छ । विद्यार्थीको अगुवाईमा भएको प्रजातन्त्रवादी प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा तथा राजाको शक्तिमा अंकुश लगाउन माग गरेका छन् ।

स्थानीय समय अनुसार बिहीबार बेलुका चार बजेदेखि आपतकालीन अवस्था लागु भएको छ । प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरेको बताएको छ, तर कसैको नाम भने खुलाएको छैन ।

प्रधानमन्त्री प्रायुथ चान–ओचाले राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरी आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *