थरुहट मोर्चाको बन्दले जनजीवन प्रभावित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराइ बन्दका कारण यहाँको जनजीवन ठप्प भएको छ।

कैलाली, कंचनपुर, बर्दिया, बाँके, दाङसहितका तराईका जिल्लाहरूमा बन्दको प्रभाव परेको छ।
सुदूरपश्चिमबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन्। शैक्षिक संस्थाहरूसमेत बन्द छन्।

सुन्दर सुदूरपश्चिम यातायात प्राली धनगढीका अध्यक्ष पदमराज सापकोटाले प्रालिका बसहरू आज नछोडिएको जानकारि दिएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रहरीले स्कर्टिङ गरेर गाडी संचालन गराएको भए पनि लामो दूरिका सवारीसाधन भने नचलेको जानकारी दिए।बजारका केही पसलहरू रूपमा खुलेको तथा मोटरसाइकल र अटोरिक्साहरु भने निर्वाध रूपमा चलेका छन्।

यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी बसपार्कमा अलपत्र परेका छन्।

बन्दको पूर्वसन्ध्यामा मोर्चाले गरेको मसाल जुलुशबाट प्रहरीले कञ्चनपुरबाट सञ्जय रानालाई नियन्त्रणमा लिएको मोर्चाका कैलाली संयोजन माधव थारुले बताए।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दवाब दिन भनेर मंगलबार र बुधवार आमहड्तालको घोषणा गरेको हो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *