थप ९७९ जनामा कोरोना पुष्टि : १,७३६ जना डिस्चार्ज,११ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ। आइतबार संक्रमण बाट ज्यान गुमाउनेको सख्या ९ जना थियो। पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।

नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल नेपालमा सक्रिय संक्रमित १६ हजार २५९ रहेका छन्। जसमध्ये ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा ७ हजार १९० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ। यो ६५ प्रतिशत हो। अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ४ हजार ७३९ जना छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *