थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो,उपत्यकामा २९८ कोरोना संक्रमित थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको छ। ७ वटा जिल्लाका एक बालिका, दुई महिला र चार पुरुष गरी सात संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा महोत्तरीका ४ वर्षीया बालिका, गोरखाको ६५ र रुपन्देहीको ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन्। यसअघि आइतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।सोमबार काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२, ललितपुरका ६५९ र भक्तपुरमा ५४३ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *