थप अनुसन्धानका लागी आलमलाइ ८ दिन थुनामा राख्न आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलम सँग अनुसन्धान गर्नका लागी प्रहरीले थप समय माँग गरेपछि जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ ।

जिल्ला न्यायधिश उमानाथ गौतमको इजलाशले आलमलाई आज तेश्रो पटक ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । जिल्ला अदालतले यस अघि उनलाई पहिलो पटक ७ र दोश्रो पटक ५ दिनको म्याद थप गरेको थियो । असोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहट बाट ८ दिनको म्याद थप भए पछि संचारकर्मीहरु सँग कुरा गर्दै आलमले आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन । “मेरो गिरफ्तारी असान्धर्विक छ । यो गिरफ्तारीले संविधानले गरेको कानूनी राज्यको अवधारणाको उल्लघन हो ।” संचारकर्मीहरु सँग कुरा गर्दै उनले भने “मेरो गिरफ्तारी राजनितिक प्रतिषोध बाहेक अरु केही होइन ।” म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइएको छ ।

आलम पक्राउ परेको विरोधमा नेपाली कांग्रेस रौतहटले आज मुखमा कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्दैछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *