त्रिशुलीमा ट्रक खस्यो, तीन घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो।

दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङका २८ रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँका १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *